गरिमाका ग्राहकलाई ‘सिद्धार्थ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज’मा आर्कषक छुट

काठमाडौं । सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको सम्झौता गरेको छ ।

बैंकद्वारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोगकर्ताले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउने छन् ।

बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने बताएको छ ।

footwear zone

 

You might also like

Comments are closed.