काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा स्वर्णिम निक्षेप योजना’ ल्याएको छ ।
बैंकले लगानिमा स्वर्णिम प्रतिफल, निर्धक्क जीवन नारासहित ‘गरिमा स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको हो । यस योजनाका मुख्य विशेषता अन्तर्गत बार्षिक १२ प्रतिशत (मुद्दती बराबरको व्याजदर) ब्याजदर पाउन सकिनेछ ।
त्यस्तै,यस योजनाको समय अवधि ५ बर्ष बा सोभन्दा बढी रहेको । यस निक्षेप योजनामा आफ्नो अनुकुलता अनुसार क्रमिक रुपमा पैसा थप्दै जान मिल्ने छ भने त्रैमासिक ब्याज भुक्तानी पाउन सकिने छ ( ब्याजले पनि मुद्दती बराबरको ब्याज कमाउन सकिने)।

हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।





Comments are closed.