काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘Garima Easy SME Loan’ र ‘Garima Easy Home Loan’ सार्वजानिक गरेको हो ।
कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उद्यमीहरुको उद्यमशिलतामा समेत ह्रास आएको वेला उद्यमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उद्यमशिलताको विकास गर्न बैंकले नयाँ कर्जा सुविधा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । रोजगार सृजनामो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको उनको भनाई छ ।
दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत ‘Garima Easy SME Loan’ मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म ‘Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुबिधा पाउन सकिने छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ सुविधा दिदै आईरहेको छ ।





Comments are closed.