काठमाडौं ।
गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित भएका श्याम प्रसाद बस्यालले सोमबार पद तथा गोपिनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी बाट सपथ ग्रहण गरेका हुन् ।
बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र श्री दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम संचालनमा छन् ।




Comments are closed.