काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कास्कीको पोखरा–१ स्थित बगर शाखाबाट लकर सुविधा सुरु गरेको छ । आफ्ना ग्राहकलाई दिइरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि बैंकले बगर शाखामा लकर सुविधा सुरु गरेको हो ।
लकर सुविधाको आइतबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै ढकालले बैंकले नेपाल राष्ट्र बैंकको नीति तथा नियमको परिधिमा बसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा विस्तार गर्न सफल भएको बताए ।

बैंकले देशभर १०६ वटा शाखा कार्यालयहरु र ५१ वटा एटिएमबाट आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । निकट भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबाट समेत विस्तार गर्ने योजना रहेको ढकालले बताए ।




Comments are closed.