पसलअनुसार ग्याँसको फरक मूल्य

विमलबहादुर विष्ट/डोटी । यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै कानुनी कारबाही गरिएको छैन । प्रशासनले मूल्यमा एकरुपता ल्याउन नसकेको उपभोक्ताको आरोप छ ।

यहाँका ग्याँस डिलरमा एउटा मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई वर्षौँदेखि ग्याँस बिक्री गरिएको उपभोक्ताको गुनासो छ । यसरी पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ता मारमा परेका दिपायल पिपल्लाका सर्वजित देउवाले बताए । जिल्लाका दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्याँसमा तोकिएभन्दा बढी मूल्य लिई ग्याँस बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको उनको आरोप छ ।

जिल्लामा पाउने भेरी तथा रेडिएण्ट ग्याँसको मूल्य ग्याँस कम्पनी अर्थात् ग्याँस पलाण्टले १ हजार ३१३.७५ रुपैयाँमा सम्बन्धित डिलरमा सप्लाइ गर्ने गरेको जनाइएको छ । यहाँका ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्याँसमा रु एक हजार ४५० लिने तथा फुटकरमा १ हजार ५०० लिने गरेको र सोही ग्याँस सबडिलरबाट उपभोक्ताले किन्दा १ हजार ६ सय सम्म लिने गरेको शिखर नगरपालिका–२ कालागाढका राम दमाईले बताए ।

footwear zone

ग्यास बिक्रेताले फरक मूल्यमा ग्याँस बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारी लिने नगरेको अर्का स्थानीय मानबहादुर साउदले बताए । दिपायल पिपल्लामा रेडिएण्ट ग्याँसका डिलर व्यापारी देवेन्द्र खड्काले ग्याँस कम्पनीले १ हजार ३१३.७५ रुपैयाँमा दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको र पछि आफूबाट लिने गरेका कारण आफूहरुले सो रकम जोडेर ग्याँस बिक्री वितरण गर्न बाध्य भएको बताए ।

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले आफूहरुले फुटकर बेच्दा १ हजार ५ सय लिने गरेको तथा थोकमा किन्दा १ हजार ४५५ सम्म लिने गरेको खड्काले स्वीकार गरे । यस्तै यहाँका कालागाढ, सिलगढी, पिपल्ला तथा राजपुरमा रहेका ग्याँस बिक्री गर्ने सबडिलरमा पसलैपिच्छे सोही ग्याँसको १ हजार ६ सय रुपैयाँ पर्ने गरेको उपभोक्ताको आरोप छ । आफूहरुले कैलालीका डिलरबाट ग्याँस ल्याउने गरेका कारण भाडालगायत, लोड, अनलोड तथा आफ्नो पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालक बताउँछन् ।

जिल्लामा खुलेआमरूपमा वर्षौदेखि यसरी ग्याँसको मूल्य पसलैपिच्छे फरक लिइने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले सरकारले तोकेको रकमभन्दा बढी मूल्य लिएर ग्याँस बिक्री गर्ने व्यापारीलाई कारबाही गरिने बताए । ग्याँस डिलर तथा सबडिलरमा ग्याँसको मूल्यसूचीका विषयमा जानकारी दिन पत्राचार गरिएको उनले जानकारी दिए ।

You might also like

Comments are closed.