गरिमा बैंकको संस्थापक सेयर विक्रि खुला

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।

बैंकले आफ्नो संस्थापक सेयर लिलामी बढाबढ प्रक्रियाबाट बिक्री गर्ने लागेको र इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

बिहीबारदेखि बैंकले सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो। उक्त संस्थापक शेयरमा इच्छुक सेयरधनीले बोलकबोलमा ३१ भदौभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।

footwear zone

सेयरको न्युनतम मूल्य बैंकले १०० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

You might also like

Comments are closed.