गरिमाका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

काठमाडौं । नेपालीहरु विदेशमा रहँदै गर्दा नेपालस्थित आफ्नो बैंक खातासम्मको पहुँच जस्तै : कारोबार विवरण हेर्न एवं स–साना कारोबार गर्न समेत असहज परिस्थिती रहेको अवस्थामा गरिमा विकास बैंकले विदेशमा रहने ग्राहकहरुको पहुँच हुनेगरी मोबाईल बैकिङ सेवालाई स्तरोन्नती गरेको छ ।

अब विदेशमा बसि यस विकास बैंक मार्फत मोबाईल बैकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोके बमोजिमका कागजातहरु पुरा गरि यो सेवा लिनसक्ने बैंकले जनाएको छ । साथै, यो सुविधा लिनुहुने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्नेछ्न ।

साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ विवरण अरुलाई नबाड्न समेत बैंकले अनुरोध गरेको छ ।

footwear zone

You might also like

Comments are closed.