काठमाडौं । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच सहकार्यको सम्झौता भएको छ ।
न्यून आय भएका र खासगरी सामाजिक रुपमा पीछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको दुई पक्षबीच बुधबार सम्झौता भएको हो ।

सो कर्जा सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।




Comments are closed.