काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा वित्तीय साक्षरता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा पैसाको उचित व्यवस्थापन र ऋण, व्यक्तिगत वित्त व्यवस्थापन तथा डिजिटल बैंकिङ लगायतका विविध विषयमा छलफल गरिएको थियो ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल, वितिय कानुन बिभागका प्रमुख दिपकराज भण्डारी तथा डिजिटल बैंकिङ विभागकी स्मारिका तिवारी लगायतले बितिय साक्षरता तथा डिजिटल बैंकिङ बारे प्रकाश पारेका थिए ।

गरिमा विकास बैंकको चावहिल शाखाले आयोजना गरेको कार्यक्रममा ॐ हस्पिटलका चिकित्सक, नर्सिङ स्टाफ तथा कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो ।




Comments are closed.