गरिमा बैंकले ल्यायो ‘ओमन्स डिलाइट’ योजना

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नारीहरुका लागि ‘ओमन्स डिलाइट’ विशेष योजना ल्याएको छ ।

बैंकले हरेका नारी बचत  खातामा लागु हुने गरी यो योजना ल्याएको हो । बैंकले लकर  सेवामा ग्राहकलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था ल्याएको छ ।

साथै बैंकमा  नि:शुल्क डिमाट खाता खोल्न सकिनेछ भने निःशुल्क मोबाइल बैकिङ सुविधा पनि प्राप्त गर्ने छन् ।

footwear zone

You might also like

Comments are closed.