काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
कात्तिक १९ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।




Comments are closed.