काठमाडौं । ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड ६४ लाख बढी खुद मुनाफा कमाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आर्थिक वर्षको अन्तिम त्रैमासको प्रतिवेदन त्रैमास सकिएको २१ दिनभित्रमा प्रकाशन गरिसक्नुपर्ने व्यवस्थाअनुसार बिहीबारसम्म १९ वाणिज्य बैंकको आर्थिक वर्ष ०७८/७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएमा सबैभन्दा बढी बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ ।

ग्लोबलले आव ०७८/७९ मा पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने ग्लोबलको यस्तो नाफा चार अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ थियो ।




Comments are closed.