ग्लोबल आइएमई बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले SCT डेबिट कार्ड प्रयोगकर्तालाई लक्षित गर्दै दसैंमा क्यासब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्लोबल आइएमई बैंकका SCT डेबिट कार्ड प्रयोगकर्ताले यो दसैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका हुन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् (SCT) सँगको सहकार्यमा यसपालीको दशैंका लागि SCT डेबिट कार्ड भएका ग्राहक लक्षित ”SCT तथा UPI” कार्डको दमदार दशैं धमाका थ्री-डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने छन् ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल(POS) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने SCT डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु १ हजार (अधिकतम)सम्म क्यासब्याक पाउन सक्नेछन् ।

footwear zone

यस योजनापश्चात SCT कार्ड होल्डर ग्राहकहरूलाई SCTकार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।असोज १ गते शनिबारदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस (POS) कारोबार गर्ने कार्ड होल्डरलाई ५ सय रुपैयाँ तथा कम्तिमा ६ वटा पस (POS) कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार क्यासब्याक प्रदान गरिने छ ।

क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५ सयको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

You might also like

Comments are closed.