काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज इन्टरनेशनल (जिसिआई) ले ‘इरास्मस प्लस रिसर्च प्रोजेक्ट’ प्राप्त गरेको छ । उक्त प्रोजेक्ट युरोपियन युनियनले प्रदान गरेको हो । नेपालमा अनुसन्धान र शैक्षिक क्षेत्रमा उत्कृष्ट म्यानेजेमेन्ट कलेज बनेकाले अवार्ड प्रदान गरिएको हो ।
संसारका विभिन्न कलेजका १ हजार भन्दा धेरै प्रोजेक्ट मध्ये ६४ वटा प्रोजेक्ट मात्र छनोट भएका छन् । जिसिआईले क्यापासिटी विल्डिङ इन हाइअर एजुकेसनका लागि २ वटा प्रोजेक्ट प्राप्त गरेको छ । प्रत्येक प्रोजेक्टका लागि १ लाख युरो प्राप्त हुनेछ । उक्त प्रोजेक्ट २०२१ फेब्रअरी बाट २०२४ सम्म रहने कलेजका प्रिन्सिपल डा. करण ठगुन्नाले जानकारी दिए ।
जिसिआइले अनुसन्धान र उद्यमशीलताका नयाँनयाँ क्षेत्रमा काम गर्नुपर्छ । दक्षिण पूर्वि एसियामा सिइएसटुरमा आर्थिक विकास र व्यापारिक सहकार्यलाई जोड दिई दीगो पर्यटनका लागि काम गर्नुपर्छ ।

जिसिआई कलेजको एमविएका विद्यार्थीले एउटा प्रोजेक्ट लिनेछन् । १ लाख युरोको प्रोजेक्टबाट रिसर्च टिममा रहेर काम गर्ने अवसर विद्यार्थीले पाउनेछन् । यो प्रोजेक्टमा फ्याकल्टी मोविलिटी एण्ड एक्सचेन्ज अन्तर्गत ग्लोबल टिम अप कार्यक्रम हुनेछ ।
दोस्रो प्रोजेक्ट अन्तर्गत फ्याकल्टी मेम्बर र स्थानीय साझेदारीमा कार्यक्रम हुनेछ । नेपालका जुनसुकै कलेज तथा युनिभर्सिटीका शिक्षक तथा विद्यार्थीहरु यो प्रोजेक्टमा सहभागी हुन सक्नेछन् । ग्लोबल इन्टरनेशनल कन्फरेन्सले हरेक वर्ष खोज तथा अनुसन्धानका लागि खुला रुपमा अवसर प्रदान गर्दै आइरहेको कलेजका प्रिन्सिपल डा. करण ठगुन्नाले बताए । आतिथ्यता, पर्यटन र यात्राका क्षेत्रमा दीगो विकासका लागि यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउनेछ,’ उनले भने ।
कलेजमा ए–लेबल, बिटिटिएम, बिबिए, बिएचएम, एमबिएको पढाई हुँदै आइरहेको छ । अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमै प्रदान गर्न सफल ग्लोबल कलेज इन्टरनेशनल शैक्षिक क्षेत्रमा स्थापित नाम हो ।
र यो पनि
‘पर्यटनमा करियर बनाउन चाहने विद्यार्थीले पढ्नै पर्ने कोर्ष हो बिटिटिएम’





Comments are closed.