काठमाडौं । नेपाल रत्न तथा आभूषण संघको सोह्रौँ वार्षिक साधारणसभाबाट पुनः अध्यक्षमा पुन जोत्सना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार भएको १६औं वार्षिक साधारणसभा एवं छैटौं महाधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
संघको प्रथम उपाध्यक्षमा नरेन्द्रकुमार गुप्ता, द्वितीय उपाध्यक्षमा शक्ति कुमार बेगानी, महासचिवमा जयराम पाण्डेय, सचिवमा प्रविण शाक्य, कोषाध्यक्षमा निभा रत्न शाक्य निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा लोप्सान छोडेन शेर्पा, विकास जोधानी, रिकेन सिंह महर्जन, मीरा मानन्धर, रवीन्द्र रत्न स्थापित, जीवनकुमार ठाकुर, सुनिलमान ताम्राकार, निर्मल ज्योती तुलाधर, प्रिन्स धानुका, विमलकुमार बेगबानी निर्वाचित भएका हुन् ।

वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।




Comments are closed.