जेनेस सोलुसन नेपालको सिइओमा प्रसन्न पोखरेल, बिजनेस अक्सिजनबाट ५ करोड प्राप्त

 

काठमाडौं । नेपालस्थित बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसनले बिजनेस अक्सिजन प्रा.लि.बाट ५ करोड ५ लाख रुपैयाँ बराबर रकम लगानी प्राप्त गरेको छ । बिजनेस अक्सिजन प्रा.लि. वल्र्ड बैंक ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय निगमद्वारा संचालित ग्लोबल एसएमइ भेन्चर पहलको एक अंग हो ।

क्लाउड कन्सल्टेन्सी क्षेत्रमा अग्रणी स्थानमा रहेको जेनेस सोलुसनले उक्त रकम आफ्नो विभिन्न रणनैतिक उद्देश्यहरुको परिपूर्तिको लागि प्रयोग गर्ने जेनेस सोलुसनको संस्थापक अन्जनी फुयालले जानकारी दिए  । ‘यस्ता उद्देश्यहरुमा आफ्नो सेवा तथा उत्पादनको दायरा बिस्तार र व्यावसायिक सिपको स्तरोन्नति लगायत देशको समग्र डिजिटल क्षेत्रको रूपान्तरण पर्दछन्,’ उनले भने ।

footwear zone

बिजनेस अक्सिज प्रा.लि.बाट प्राप्त वित्तीय लगानीलाई दक्ष मानव संशाधन र पछिल्ला प्रविधिलाई अपनाई आफ्नो दैनिक कार्य सम्पादनलाई रुपान्तरण गर्न परिचालन गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘दीर्घकालीन रुपमा देशको सम्पूर्ण सूचना प्रविधि उद्योगलाई नयाँ उचाईमा पुर्याउन एक उत्प्रेरकको भूमिका खेल्नछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, जेनेस सोलुसनले प्रसन्न पोखरेललाई आफ्नो नेपाल कार्यालयको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । सिक्स सिग्मा ब्लाक बेल्टको प्रमाणपत्र पाएका पोखरेलको आइ. बि. एम., ई. एक्स. एल., भायानेट कम्युनिकेशन लगायत सूचना प्रविधिको क्षेत्रसंग सम्बन्धित विभिन्न संगठनहरुमा अग्रणी स्थानमा बसेर काम गरेको दुई दशक लामो अनुभव छ ।

You might also like

Comments are closed.