गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउँछु : देउवा

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवनको शनिबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले उक्त प्रतिवद्धता जनाएका हुन् ।

‘गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग आउँदा खुशी लागेको छ’, उनले भने, ‘मन्त्रिपरिषद्बाट निर्णय गरी आवश्यक ऐन, कार्यविधि बनाएर यसलाई प्रतिष्ठानको रुपमा अगाडि बढाउँछौं।’

उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने बताउँदै अब बस्ने मन्त्रीपरिषदको बैठकबाट टुंगो लाग्ने बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बने सुदूरपश्चिममा चिकित्सक उत्पादन हुने र विकट ठाउँका नागरिकलाई पनि स्वास्थ्य सेवा लिन सहज हुने उनको तर्क छ।

footwear zone

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा अहिले धेरै विकास भइसकेको र अझ धेरै गर्न बाँकी रहेको समेत देउवाले बताएका छन् । उनले भने, ‘पहिले केही थिएन। म एसएलसी दिइसकेपछि डडेल्धुराबाट धनगढी आउँदा केही थिएन। गौरीफन्टा नाका हुँदै मैलानी–लखनऊ–रक्सौलसम्म रेल चढेर त्यसपछि बसमा काठमाडौं पुगेको हुँ। अहिले हरेक दिन हवाईजहाज चलिरहेको छ। धनगढीबाट सिधै काठमाण्डौं पुग्न सकिन्छ।’

You might also like

Comments are closed.