ग्लोबल आइएमई लघुवित्तका फिल्ड सहायकलाई जोखिम तथा कर्जा ब्यवस्थापन तालिम

काठमाडौं ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लुम्विनी, कर्णाली र सुदुर पश्चिम प्रदेश (नं. ५, ६ र ७) अन्र्तगत रहेको २७ वटा शाखाका फिल्ड सहायकहरु सँग अन्तरक्रिया सहित जोखिम तथा कर्जा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । फागुन २९ गते सञ्चालन भएको उक्त तालिमलार्ई वित्तीय संस्थाका कर्जा विभाग प्रमुख पदम बहादुर घिमिरेले समुद्घाटन गरेका थिए ।

कार्यक्रममा कर्मचारीहरुले कार्य सञ्चालनका क्रममा भोगेका समस्या र चुनौती प्रस्तुत गर्दै केन्द्रीय कार्यालयको समन्वयमा शाखाको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । यस तालिम कार्यक्रममा कर्मचारीको असल आचरण, अनुशासन, सुपरिवेक्षण र लेखन सीप बारे जानकारी गराउदै कर्जा जोखिम ब्यवस्थापनका लागि अपनाउनुपर्ने रणनीतिबारे कक्षा सञ्चालन भएको थियो ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका बरिष्ठ प्रबन्धक पदम बहादुर घिमिरेले फिल्ड कर्मचारीहरुले अहोरात खटेर जिम्मेवारी बहन गर्दै आएकामा प्रशंसा गर्दै, लघुवित्त क्षेत्रले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै, उनले आ–आफ्नो शाखाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । उक्त कार्यक्रममा वित्तीय संस्थाका ३ विभागीय प्रमुखहरु लगायत ४५ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

footwear zone

You might also like

Comments are closed.