परोपकारलाई ग्लोबल आईएमई को सहयोग

लेखनाथ । परोपकार समन्वय संस्था कास्कीले अगाडी सारेको शववहान खरिद तथा संचालनका लागि ग्लोवल आईएमई लघुुवित्त वित्तीय संस्थाले १ लाख सहयोग गरेको छ ।

विश्वमा फैलिएको कोरोना भाईरसका कारण मानिसको जनजिवनमा परेको अप्ठ्यरोे अवस्थाबाट सृजित समस्यालाई ध्यानमा राखि संस्थाले अगाडी सारेको आर्थिक सहयोग संकलन अभियानमा शुक्रवार ग्लोवल आईएमी लघुवित्त सस्थाका पदाधिकारी सहितको टोलीले एक लाख बरावरको चेक हस्तान्तरण गरेको हो ।

वि स २०७७ साल भदौं २२ गते स्थापना भएको परोपकार समन्वय समितिले विपत व्यवस्थापनमा सहयोग पुग्ने गरि आगाडी सारेको आर्थिक सहयोग संकलन अभियानबाट सववहान खरिद गत हप्तादेखि संचालनमा ल्याएको छ ।

footwear zone

पोखरा २६ बुढिबजारमा प्रधान कार्यालय रहेको सस्थाका प्रमुख कार्यकारी निर्देशक हरिकृष्ण जोशी , सहायक कार्यकारी निर्देशक सर्जल खड्का,बरिष्ठ प्रवन्धक पदम घिमिरेले नागरिक परोपकार सस्थाका अध्यक्ष राजेन्द्र ओझा,उपाध्यक्ष चिरञ्जीवी तिवारी,कोषाध्यक्ष देवराज पन्थी,सदस्य सोमनाथ जमरकट्टेल (इन्द्र बिलास)अनुगमन तथा निरीक्षण सयोजक लक्ष्मी प्रसाद त्रिपाठि,सल्लाहकार सैलेन्द्र मोहन भट्टराई र कार्यलय प्रमुख मनिष घिमिरेलाई सामुहिक रुपमा उक्त चेक हस्तान्तरण गरिएको हो ।

यस अघि नागरिक परोपकार समन्वय सस्था कास्कीले शववाहन खरिदका लागी सञ्चालन गरेको अर्थ संकलन अभियानमा पोखरा ३० का स्थानिय समाजसेवी शिवराज न्यौपानेले १० लाख ५२ हजार रुपियाँ सहयोग प्रदान गरिसकेका छन् ।

You might also like

Comments are closed.