ग्लोबल आइएमई लघुवित्तद्वारा डस्बिन वितरण

 

काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेट प्रसाद पनेरुलाई उक्त डस्बिन हस्तान्तरण गरेका हुन् । वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि उक्त सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

footwear zone

अध्यक्ष पनेरुले प्रदुषण रहित वातावरण निर्माणका लागि प्राप्त सामग्रिले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले उक्त सहयोगका लागि वित्तीय संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । वित्तीय संस्थाले यस किसिमका सामाजिक कार्यहरु विभिन्न समयमा गर्दै आइरहेको र आगामी दिनहरुमा समेत निरन्तरता दिने बताइएको छ ।

 

You might also like

Comments are closed.