ग्लोबल आइएमईले सिताको जीवनमा ल्यायो सफलता

काठमाडौं । गोरखा जिल्ला, गोरखा नगरपालिका–५, काफलघारी स्थाई बसोबास गरी बस्ने श्री भाइकाजी राना मगरको ५ सन्तान मध्येको पहिलो सन्तानको रुपमा आज भन्दा ३६ बर्ष अगाडि यस धर्तीमा जन्म लिएकी सिता थापा मगरको २०५९ सालमा १७ बर्षको लाउलाउ र खाउखाउको कलिलो उमेरमा १० कक्षामा पढ्दा पढ्दै नै बिबाह भएको थियो । एकातिर कलिलो उमेरमा नै बिबाह हुनु साथै बाबा गुमाउनु परेको पिडा त छदै थियो त्यसै माथि आमाले पनि अर्को बिहे गरेर जांदा सारा घरपरिवार र ४ भाईहरुको जिम्मेवारीले पनि थिचे सँगै आफ्नो पढाइलाई बिचैमा छोडनु परेको थियो ।

आफू मुनीको ४ कलिला भाइहरुलाई एक्लै छाड्न नसकी आफू बिवाह गरेर गएको घरमानै ल्याइ आफनो १ सन्तान , ४ भाईहरु र आफु र श्रीमान गरी ७ जनाको संयूक्त परिवारलाई लालन पालन शिक्षा दिक्षा दिंदा श्रीमान्को नोकरीले मात्र घर व्यवहार धान्न गाहे भएको थियो । गाउँमा ऋण गर्न पनि साहु महाजनले नपत्याउने, पत्याइहाले पनि चर्को व्याज लिने, ऋणको पहुँच पनि सहज र सरल तरिकाको नभएकाले २०७२ साल मंसिर महिनामा ग्लोबल आइएमई वित्तीय संस्था लिमिटेड (साबिकको रिलायबल माईक्रोफाइनान्स) को कर्मचारीले आफूलाई भेट गरी संस्थाले दिने सेवा सुबिधाको बारेमा राम्रो जानकारी गराए पछि आफूलाई पनि राम्रो लागेर १५ जना दिदी बहीनीहरुलाई जम्मा गरी कर्मचारीलाई बोलाई ५ दिनको अनिबार्य समूह पूर्व तालिम सहभागी भई वित्तीय संस्थाको सदस्य बनेकी थिइन् । केहि समयपछि उनलाई श्रीमानको कमाईमा मात्र भर परेर भएन आफनो कमाईमा नै अत्मनिर्भर हुनु पर्छ भन्ने लागेर २०७३/०१/०६ गतेका दिन किराना पसलमा लगानी लगाउनु प–यो भनि यस वित्तिय सस्थांबाट प्रथम पटक सुरुमा रु.१५,०००/-माग गरेर पसलमा लगानी गर्नु भयो साथै २०७४/०१/६ मा दोस्रो पटकमा रु.५०,०००/-लगानी लिएर सानो बंगुरको खोर बनाइ १ बंगुर राखि अरु बचेको पैसा किराना पसलमा लगानी थप गरिन् । ।

आफूले गरेको व्यवसाय तथा पशुपालनबाट आएको नाफाले किस्ता तिर्दै केही रकम बचत गर्दै र श्रीमान्कोे जागिरबाट प्राप्त रकम बचत गरी घडेरी किन्न सफल भइन् । साथै पुन मिति २०७५/०२/०६ गते रु.२,००,०००/-रुपैयाँ माग गरेको पैसा र श्रीमानको जागीर छोड्दाको पैसा संकलन गरी हाल उनले १ सटर भएको छ कोठाको पक्की घर बनाई गास, बास र कपासको पनि राम्रो व्यवस्था मिलाउंदै ब्यबसायलाई फेरी थप बिस्तार गर्नको लागि

footwear zone

मिति २०७६/०६/७ गते रु.२,००,०००/रुपैयाँ लगानी गरी घरमानै फ्रेसहाउस संचालन गरी बचेको पैसाले कुखुराको सानो खोर बनाई ब्यबसाय थप बृद्धी गरी आयआर्जन गर्न सजिलो भएको छ । उनको भनाइ अनुसार यस बित्तीय संस्थाले म लगायत धेरै दिदी बहिनीहरुलाई मेहनती, इमान्दारी, साहसी र लघुउद्यमी महिला हुन सिकाएको छ । यस संस्थाले हामीजस्ता निम्न आयस्तर भएका व्यक्तिहरुलाई उद्यमी बन्न सिकाई जिवनलाई परिवर्तन गर्न ज्यादै महव्वपुर्ण भुमिका खेलेको छ । मिति२०७७/१२/८गते बंगुर पालनको लागी रु.२,००,०००/-रुपैयाँ कर्जा माग गरी पशुपालन तथा किराना पसलमा लगानी लगाई आफनो आयस्तर बढाउन तथा छोराको उच्च शिक्षा हांसील गराउनको लागी आफु लागि परेको बताँउछिन् ।

आज उनले गरेको ब्यबसायबाट आफनो श्रीमान्, भाइबुहारी समेतले बेरोजगार बस्नुपरेको छैन । दैनिक ब्यबसायबाट रु.८,०००/- रुपैयाँ गरी मासिकमा २,४०,०००/- रुपैयाँसम्म आम्दानी हुने बताइन् । म आजको दिनमा यतिको सक्षम, सबल तथा सफल हुन यस बित्तिय संस्थाको साथ र सहयोग पाएर नै अगाडि बढ्र्न सकेको हो । हाल मेरो चन्द्र एण्ड सिता पशुपालन फर्ममा १७ वटा बंगरु २२ वटा कुखुरा, ८ वटा बाख्रा तथा आफ्नो घरमा नै किराना पसल, फ्रेस हाउस आदि ब्यबसाय संचालन गरी घरका सबै सदस्यलाई व्यबसायमा रोजगारी मिलेको छ ।

यस संस्थाले म लगाएत धेरै दिदीबहिनीहरुलाई मेहनति, इमान्दारी, परिश्रमी, साहसी र ब्यबसायी महिला हुन सिकाएको छ । यस वित्तिय सस्थाले घर दैलोमा पुगेर वित्तिय सेवा प्रदान गर्दा हामी जस्ता निम्न स्तर भएका व्यक्तिको जीवनमा सफलता ल्याउन ज्यादै महत्वपुर्ण भुमिका खेलेको छ । यस संस्था प्रती म लगायत मेरा केन्द्रका दिदीबहीनीहरुको ज्यादै लगाव तथा विश्वाश पनि बढेकोले अब आउने दिनहरुमा पनि यस्तैे—यस्तै किसिमको साथ सहयोग पाईराखु ग्लोवल आईएमइ लघुवित्तलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

You might also like

Comments are closed.