पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले पोखरा–२७ एकताटोल कुमालगाँउमा रहेको श्री कल्याण आधारभुत विद्यालयलाई यूरोगार्ड हस्तान्तरण गरेको छ ।
विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले विद्यालयकी प्रधानाध्यापक सरस्वती देवी भण्डारीलाई उक्त यूरोगार्ड हस्तान्तरण गरेका हुन् । साथै, उक्त कार्यक्रममा विद्यार्थीहरुका लागि ४०० थान कपि समेत वितरण गरिएको थियो ।
वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाई स्वस्थ्य रहनका लागि उक्त सहयोग गरेको कुरा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । सोही अवसरमा प्रधानाध्यापक भण्डारीले दुषित पानी पिँउदा झाडापखला जस्ता विभिन्न रोग संक्रमण फैलने भएको हुँदा शुद्ध पानिको व्यवस्थापन गर्न यूरोगार्ड जडान गरिने बताइन् ।

वित्तीय संस्थाले विद्यालयमा यूरोगार्ड सहयोग गरेकोमा धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । कार्यक्रममा वित्तीय संस्थाका अधिकृतद्धय शम्सेर बहादुर नेपाली, शिवकान्त पौडेल र विद्यालयका शिक्षक/विद्यार्थीहरुकोे उपस्थिती रहेको थियो ।




Comments are closed.