ग्लोबल आइएमईलाई ‘युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२’ अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स- बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ।

बेलायतको लण्डनमा बुधबार आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका छन् ।

सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ(नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

footwear zone

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.