काठमाडौं । ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनका लागि अनुमति मागेको हो।
सेबोनले अनुमति दिएमा बैंकले ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ।

कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तरबबाट बिक्री गर्नेछ, भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
यसमा लगानीकर्ताले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।




Comments are closed.