ग्लोबल रिच पोखराको आयोजनामा ‘अष्ट्रेलियन एजुकेसन फेयर’ हुँदै

पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको ग्लोबल रिच पोखराको आयोजनामा ‘अष्ट्रेलियन एजुकेसन फेयर’ हुने भएको छ । पुस २२ गते बिहीबार पोखराको न्युरोडस्थित सिटी स्वायरमा फेयर हुने शाखा कोअर्डिनेटर सरिता गुरुङले जानकारी दिइन् ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिचले फेयर आयोजना गरेको हो ।

फेयरमा Edith Cowan University, Southern Cross University, UTS College, Sydney, Western Sydney University, Curtin University, The University of Adelaide, ICMS, CQU लगायत अष्ट्रेलियाका प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधि प्रत्यक्ष सहभागी हुने पोखरा शाखाका मार्केटिङ म्यानेजर सागरबाबु गिरीले जानकारी दिए । बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म फेयर सञ्चालन हुनेछ ।

footwear zone

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई फेयरमा उपस्थित हुन ग्लोबल रिचले आग्रह गरेको छ ।

अष्ट्रेलियन उच्च शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी उक्त फेयरमा विद्यार्थीलाई प्रदान गरिने काउन्सिलर पद्मा अधिकारीले बताइन् । ग्लोबल रिचको पोखरा शाखा सन् २०१५ मा भाटभटेनीमा सञ्चालन भइरहेको छ ।

अष्ट्रेलियाका धेरै युनिभर्सिटीको आधिकारिक प्रतिनिधि भएकाले पनि ग्लोबल रिचप्रति विद्यार्थीको विश्वास बढेको बताइएको छ । फेयरमा सहभागी विद्यार्थीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

You might also like

Comments are closed.