ग्लोबल रिच ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन’मा २७ युनिभर्सिटीको प्रतिनिधित्व हुने

काठमाडौं । ग्लोबल रिचको आयोजनामा हुने ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्यूसन’मा २७ वटा युनिभर्सिटीको प्रतिनिधित्व हुने भएको छ । काठमाडौंको होटेल एभरेष्टमा २३ जुलाईमा बिहान १० देखि अपराह्न ४ बजेसम्म एक्जिव्यूसन हुनेछ ।

कार्यक्रममा अष्ट्रेलियाका प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने ग्लोबल रिचका मार्केटिङ म्यानेजर प्रतिक्षा घिमिरेले जानकारी दिइन् । ‘प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा मेटाउने अवसर मिल्नेछ,’ उनले भनिन्, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि एक्जिव्यूसन उपलब्धीपूर्ण हुनेछ ।’

त्यस्तै ग्लोबल रिचको आयोजनामा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्युटमा जुलाई २१ मा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म एक्जिव्यूसन हुनेछ । उक्त एक्जिव्यूसनमा ९ वटा युनिभर्सिटीको प्रतिनिधित्व रहनेछ । चितवनस्थित भरतपुर गार्डेन रिसोर्टमा जुलाई २२ मा हुने एक्जिव्यूसनमा ११ वटा युनिभर्सिटीको सहभागिता रहने जनाइएको छ ।

footwear zone

कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले एक्जिव्यूसन आयोजना गरिएको घिमिरेले जानकारी दिइन् । ‘विद्यार्थीको क्षमता र स्तरको आधारमा छात्रवृत्तिको विभिन्न अवसरका बारेमा पनि जानकारी प्रदान गरिनेछ,’ उनले भनिन् ।

You might also like

Comments are closed.