चितवनमा ग्लोबल रिचको ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्युसन’ हुने

चितवन । ग्लोबल रिचको आयोजनामा चितवनको भरतपुरमा ‘अष्ट्रेलियन एजुकेशन एक्जिव्यूसन’ हुने भएको छ । गार्डेन रिसोर्टमा जुलाई २२ शुक्रबार हुने एक्जिव्यूसनमा ११ वटा युनिभर्सिटीको सहभागिता रहने जनाइएको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी फेयर आयोजना गरिएको शाखा कोअर्डिनेटर सुरेश पौडेलले जानकारी दिए ।

कोरोना महामारीपछि अष्ट्रेलिया सरकारले ल्याएको नयाँ शिक्षा नीति, रोजगारीको अवसर, आवश्यक पर्ने डकुमेन्ट, विभिन्न कोर्ष तथा विषय, भर्ना प्रक्रिया, फि स्टक्चरलगायतका बारेमा सम्पूर्ण जानकारी विद्यार्थीलाई एउटै थलोबाट उपलब्ध गराउने उद्देश्यले एक्जिव्यूसन आयोजना गरिएको बताइएको छ ।

footwear zone

प्रतिष्ठित युनिभर्सिटीका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर आफ्नो जिज्ञासा मेटाउने अवसर उक्त अवसरमा मिल्ने पौडेलले बताए । उनले भने, ‘उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि एक्जिव्यूसन उपलब्धीपूर्ण हुनेछ ।’

You might also like

Comments are closed.