७ सिटर इन्टेलिजेन्ट एसयूभी पहिलो पटक नेपाली बजारमा

काठमाडौं । डिएफएसकेको ७ सिटर एसयूभी ग्लोरी आई–अटो नेपाली बजारमा सार्वजनिक भएको छ । डिएफएसकेका लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बुधबार यो गाडी सार्वजनिक गरेको हो । नेपालमै पहिलो ७ सिटर इन्टेलिजेन्ट भनिएको यो गाडी सार्वजनिक गर्न पाउँदा खुसी लागेको प्रालिले जनाएको छ ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गाडी एक कार्यक्रमबीच गाडी सार्वजनिक गरेका हुन् । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थप भएको हो । धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।

ग्लोबल एनक्याप क्यार्स टेस्टमा फाइभ स्टार रेटिङ पाएको यो एसयूभीमा सुरक्षाका लागि अगाडि ४ वटा एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ । गाडीमा आधुनिक इलेक्ट्रिक स्टेबिलिटी प्रोग्राम (ईएसपी) ब्रेकिङ सिस्टम दिइएको छ । जसमा एबीएस, ईबीडी तथा ईबीए जस्ता फिचरहरुको सहायताले जस्तोसुकै परिस्थितिमा पनि गाडीलाई रोक्न सकिन्छ । यसको मूल्य ८९ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

footwear zone

ग्लोरी आई–अटोले ७ सिटर इन्टेलिजेन्ट एसयूभीको उपमा पाएको कम्पनीले जनाएको छ । सो एसयूभी नेपाली बजारमा उपलब्ध समान मूल्यका एसयूभीहरु भन्दा धेरै एड्भान्स फिचरले भरिपूर्ण छ । डिएफएसकेका एसयूभी लक्जरी र उच्च माइलेजका लागि पनि विश्व बजारमा चर्चित रहेका छन् । गाडीमा अलोय ह्विल, एलईडी लाइट, दुई एक्जस्ट पाइप, प्यानोरामिक सनरुफ र रुफ रेल आदि छन् । त्यसैगरी किलेस इन्ट्री, ओआरभीएम तथा रेन सेन्सिङ अटो वाइपर जस्ता फिचर यसमा पाउन सकिन्छ ।

हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामेरा र रियर पार्किङ सेन्सर आई–अटोमा उपलब्ध छ । यसमा जडान भएको अलार्म सिस्टम तथा इम्मोबिलाइजरले गाडी चोरी हुने समस्या कम गर्छ । ग्लोरी आई–अटोमा स्पोर्टी कन्सोल, भेइकल रनिङ रेकर्ड सिस्टम, क्रुज कन्ट्रोल, अटो एसी क्लाइमेट कन्ट्रोल र ९ इन्चको फ्लोटिङ एचडी इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचरले चालकलाई ड्राइभिङ प्लेजर प्रदान गर्छ ।

सो एसयूभीमा प्रिमियम इन्टेरियर डिजाइनको प्रयोग गरिएको छ । ड्यासबोर्डमा सफ्टटच मेटरियल, उड एक्सेन्टेड मेटरियल र लेदर सिट कभर पाउन सकिन्छ । डिएफएसके ग्लोरी आई–अटोमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन छ, जसले १५० पीएस पावर तथा २२० एनएम टर्क जेनेरेट गर्छ । यो एसयूभी अटोमेटिक गियरबक्समा उपलब्ध छ ।

इन्टेलिजेन्ट एसयूभी ग्लोरी ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गर्न सकिन्छ । यसको सहायताले हाई ग्लोरीमा कमान्ड दिएर गाडीलाई विभिन्न खालको कार्य गराउन सकिन्छ । भ्वाइस कमान्डबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी आदि सञ्चालन गर्न सकिन्छ । सिधै भ्वाइस कमान्डबाटै फोन गर्न, उठाउन, कल हिस्ट्री आदि हेर्न सकिन्छ ।

मिडिया कमान्डबाट म्युजिक बजाउन, सानो ठूलो बनाउन सकिन्छ । कार कन्ट्रोलबाट भित्रको क्लाइमेट मिलाउने, विन्डो ग्लास र सनरुफ आदि खोल्ने र बन्द गर्ने आदि कार्य गर्न सकिन्छ । भ्वाइस नेभिगेसनबाट जीपीएस, ब्लुटुथ, वाइफाई आदि खोल्न र बन्द गर्न सकिन्छ । यस्ता एक सय भन्दा बढी कमान्ड भ्वाइसमार्फत दिन सकिने कम्पनीको भनाइ छ ।

You might also like

Comments are closed.