वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीको उम्मेदवारी घोषणा

पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । दुई कार्यकालसम्म उद्योग उपाध्यक्ष भएर काम गरिसकेको अनुभवबाट आफू एक तह माथिको पदमा उम्मेदवार बन्न लागेको कार्कीले आर्थिक आवाजलाई बताए ।

संघको ३४औं महाधिवेशन भदौ २४ र २५ गते हुँदैछ । संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सम्पूर्ण उद्योगी, व्यवसायीहरुको साथ प्राप्त हुनेमा आफू विश्वस्त रहेको कार्कीले बताए ।

२०५० को दशकदेखि संघमा आबद्ध भएका कार्कीसँग रेडक्रस, लायन्स, बृद्धाश्रम, पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, अटोमोबाइल एसोसिएसन, खेलकुद लगायतका विभिन्न संघसंस्थामा विभिन्न पदमा रहेर काम गरिसकेको अनुभव छ ।

footwear zone

‘३४औं महाधिवेशनमा एक तह माथिको पद वरिष्ठ उपाध्यक्षमा उम्मेदवारको रूपमा प्रस्तुत रहने जानकारी गराउदै बिगतमा भन्दा अझै सक्रियता पूर्वक आम पोखरेली उद्योगी व्यवसायी मित्रहरूको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहुन्छ,’ उनले भनेका छन्, ‘आशा एवं विश्वास लिएको छु सधैं जस्तै फेरि पनि सबै सबैको पूर्ण साथ सहयोगले बिजयी प्राप्त गराइदिनुहुनेछ ।’

You might also like

Comments are closed.