नेपाली सुनचाँदी बजारमा आइतबार तोलामा ६ सयले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा ६ सयले बढी तोलामा ९८ हजार ६०० तोकिएको नेपाल सुँनचाँदी व्यवसायी महासंघले जाकारी दिएको छ ।
महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।




Comments are closed.