घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार  छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । तोलामा २ सय रुपैयाँले मूल्य घटेसँगै ९८ हजारमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार सुनको मूल्य तोलाको ९८हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ९७ हजार ५ सयमा कारोवार भएको महासंघले जनाएको छ ।

footwear zone

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले मूल्य घटेसँगै तोलाको १२७० रुपैया तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको १२८५मा कारोबार भएको थियो ।

You might also like

Comments are closed.