बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको बृद्धि भएको छ । आज छापावाला सुनको मूल्य तोलमा २ सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँ बढेसँगै आज छापावाला सुन तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन तोलाको ९७ हजार ९००मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९७ हजार ४सयमा कारोबार भएको थियो ।

footwear zone

त्यस्तै आज चाँदी पनि तोलामा रु १५ रुपैयाँले बढेको छ । तोलामा रु १५ रुपैयाँले बढेसँगै आज चाँदी तोलाको १२९० तोकिएको महासंघले जनाएको छ । त्यस्तै आइतबार चाँदी तोलाको १२९०मा कारोबार भएको थियो

You might also like

Comments are closed.