आज सुनको मूल्य स्थिर, चाँदीको भाउमा बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुकको मूल्य स्थिर रहेको । मंगलबार छापावाला सुन तोलाको ९७ हजार ५ सयमा कारोबार भएको सुन आज पनि त्यही मूल्य नै तोकिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि ९७ हजारनै तोकिएको छ । त्यस्तै बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य तोलामा रु ५ रुपैयाँले बढेको छ ।

चाँदी तोलामा रु ५ रुपैयाँले बढेसँगै आज बजारमा चाँदी तोलाको १२ सय ८० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

footwear zone

मंगलबार चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

You might also like

Comments are closed.