काठमाडौं । सुनचाँदीको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन हिजो प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । हिजो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर आज चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.