सुनचाँदीको मूल्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सयले बढेको छ ।

आज एकैदिन तोलामा १५ सयले बढेसँगै छापावाला सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैया तोकिएको महासंघले जनाएको छ । त्यस्तै  चाँदीको मूल्य तोलामा रु १५ रुपैयाँले बढेको छ ।

footwear zone

चाँदी आज तोलामा १५ रुपैयाँ बढेसँगै तोलाको १ हजार २८० रुपैया तोलीएको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.