काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ६सयले घटेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६सय घटेसगै आज छापावाला सुन ९६ हजार ५०० मा आएको छ । हिजो प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासघंले जनाएको छ ।




Comments are closed.