काठमाडौं । नेपाली बजारमा लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज उकालो लागेको छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।
आज तोलामा ८ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायीक महासंघले जानकारी दिएको छ।
बुधबार छापावाला सुन ९६ हजार ५००मा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

हिजो तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा रु २० रुपैया बढेको छ । तोलामा २० रुपैयाँ बढेसँगै बजारमा चाँदीको मूल्य तोलाको १२६५ तोकिएको महासंघले जनाएको छ ।
हिजो चाँदीको तोलाको १२४५ रुपैयामा कारोबार भएको थियो ।




Comments are closed.