काठमाडौं । पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । आइतबार सामान्य बढेको सुनको मूल्य सोमबार फेरि घटेको छ ।
सोमबार छापावाला सुन तोलामा १ सय रुपैयाँले घटेको हो । तोलामा १ सयले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ७ सय रुपैयाँ कायम गरी कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.