काठमाडौं । पछिल्लो तीन सातादेखि सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहको छ । बिहीबार बढेको सुनचाँदीको मूल्य शुक्रबार फेरि घटेको छ । यो साताको अन्तिम दिन शुक्रबार छापावाला सुन तोलाको ८ सयले घटेको छ ।
तोलामा ८ सय रुपैयाँले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९४ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँमा हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा ३५ रुपैयाँ बढेसँगै आज चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको १ हजार १८० रुपैयामा कारोबार भएको थियो ।




Comments are closed.