लगातार उकालो लाग्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  साताको अन्तिम दिन आज बजारमा सुनचाँदीको मूल्य पुनः बढेको छ । शुक्रबार टापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ८ सय रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला ९५हजार ६ सय रुपैयाँ कायम गरी कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन
तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, शुुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । तोलामा ३० रुपैयाँले बढेसँगै आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ । बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.