सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले बढेको छ ।  तोलामा २ सय रुपैयाँले बढेसँगै आज छापावाल सुन प्रतितोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भई  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

footwear zone

तोलामा १० रुपैयाँले बढेसँगै चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.