काठमाडौं । सोमबार घटेको छापावाल सुनको मूल्य मंगलबार भने बढेको छ । सोमबार तोलामा ४ सयले घटेको सुनको मूल्य मंगलबार भने २ सयले बढेको हो ।
तोलामा २ सय रुपैयाँले बढसँगै आज छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोलाको ९५ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँरुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १२ सय २० रुपैयाँमा कारोबार भएको चादीँको मूल्य आज पनि सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।




Comments are closed.