सुनको मूल्य पुनः बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा मंगलबार एकैदिन तोलामा ६ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य बुधबार पुनः बढेको छ । बुधबार छापावाल सुन तोलामा दई सय रुपैयाँले बढेको छ ।

तोलामा २ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ कायम भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ । मंगलबार छापावाल सुन तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन तोलाको ९६ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलाको १० रुपैयाँले घटेको हो । तोलामा १० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय ३० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.