लगातार ओरालो लाग्दै सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि पुनः घटेको छ । सोमबार ४ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य तोलामा आज ७ सय रुपैयाँले घटेको छ ।

तोलामा ७ सय रुपैयाले घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार ४ सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ तोकि कारोबार भएको महासंघले जनाएको छ । सोमबार तेजाबी सुन तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी आज  चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदी तोलाको १ हजार २ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबारचाँदी तोलाको १ हजार २ सय ३५  रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

You might also like

Comments are closed.