सुनिता सुबेदी, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागि रहेको छ । सोमबार तोलामा २ सयले घटेको छापावाल सुन मंगलबार पनि तोलामा पुनः तोलामा ३ सय रुपैयाले घटेको छ ।
तोलामा ३ सयले घटेसँगै छापावाल सुन मूल्य आज तोलाको ९५ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा पुनः ५ रुपैयाँले घटेको छ । तोलामा ५ रुपैयाँलेसँगै आज चाँदी तोलाको १ हजार १ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।
सोमबार चाँदी तोलाको १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।




Comments are closed.