तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले घटेको छ ।

तोलामा ७ सयले घटेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९५ हजार १ सय रुपैयाँ कायम भई कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारेबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ६ सय रुपैया कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ । शुक्रबार चाँदी तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

You might also like

Comments are closed.