घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि पुनः घटेको छ । सोमबार छापावाल सुन पुनः तोलामा ६ सय रुपैयाँले घटेको छ ।

तोलामा ६ सय रुपैयाँले घटेसँगै आज छापावाल सुन मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।आइतबार छापावाल सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको ९४ हजार कायम भई कारोबार भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

footwear zone

त्यसैगरी, सोमबार चाँदी पनि तोलामा पुनः १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलाको ११ सय ४५ कायम भई कारोबार भइरहेको महासंघले जनाएको थियो । आइतबार चाँदी तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like

Comments are closed.