काठमाडौं । नेपाली बजारमा सुनचाँदीको ओरालो आत्रा जारी रहेको छ । बुधबार तोलामा ८ सयले घटेको सुनको मूल्य बिहीबार पुनः ९ सय रुपैयाँले घटेको हो ।
तोलामा ९ सय रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार छापावाल सुन तोलाको ९४ हजार रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी पनि बिहीबार तोलामा ३० रुपैयाँले घटेको छ ।तोलामा ३० रुपैयाँले घटेसँगै आज चाँदी तोलाको ११ सय रुपैयाँमा कारोबार भईरहको महासंघले जनाएको छ ।बुधबार चाँदी तोलाको ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
ीद्यभ्ँ




Comments are closed.