तोलामा ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा लगातार सुनचाँदीको मूल्य बढी रहेको छ । मंगलबार छापावाल सुन तोलामा ३ सयले पुनः बढेको छ ।

तोलामा ३ सय रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुन तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी, सोमबार ११ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि तोलामा पुनः १० रुपैयाँले बढेको छ ।

footwear zone

तोलामा १० रुपैयाँले बढेसँगै आज चाँदीको मूल्य तोलाको ११ सय २५ रुपैयाँ कायम भई कारोबार भई रहेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.